समाचारबिहीबार, बैशाख १७, २०७२
कार्यस्थल नजाने कर्मचारीलाई कार्बाही
भूकम्प पीडितको उद्धार तथा राहत वितरणमा नजाने सरकारी कर्मचारीलाई कार्बाही गरिने भएको छ ।
स्थानीय विकास मन्त्रालयले सूचना जारी गर्दै सरकारले पठाएको कार्यस्थलमा नजाने कर्मचारीलाई कार्बाही गरिने जनाएको छ । मन्त्रालयले राहत बितरण र उद्धारलाई तीव्र पारिएको जनाएको छ ।
विज्ञप्ती अनुसार अति प्रभावित १२ जिल्लाहरु गोरखा, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, दोलखा, नुवाकाट, रामेछाप, सिन्धुली, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै जिविस,गाविस, नगरपालिका र वडाहरु क्रियाशील भएको छ ।
मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा सार्वजनिक विदाका दिन समेत कार्यालय खोली राहत तथा उद्धारको कार्यमा सहयोग पु¥याउन सम्बद्ध कार्यालयहरुलाई निर्देशन गरिएको जनाइएको छ ।
