समाचारबिहीबार, बैशाख १७, २०७२
गाविस सचिवले ९ लाखसम्म राहत दिन सक्ने
भूकम्प पीडितलाई गाविस सचिवले नौ लाखसम्म राहत उपलब्ध गराउन स्थानीय विकास मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले भूकम्प पीडित राहत कार्यविधि तय गर्दै प्रति गाविस नौ लाखसम्म राहत दिन सक्ने निर्णय गरेको हो । उक्त राहत रकम ३० दिनभित्र खर्च गर्न सकिने छ ।
१२ वैशाखमा गएको महाभूकम्पबाट पीडितहरुलाई गाविस सचिव अन्य शीर्षकमा छुट्याइएको रकम पनि खर्च गर्न सक्ने कार्यविधि तय गरिएको छ ।
थप निर्णय हेर्न यहाँ क्लिक गर्नुहोस् ।
