समाचारशुक्रबार, बैशाख १८, २०७२

अाज दुई पटक भूकम्पकाे धक्का

हिमालखबर

आज बिहान दाेलखा र काठमाडाैं केन्द्रविन्दु भएर दुई पटक साना भूकम्प गएकाे छ ।

विहान १२ बजेर ५८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प र २ बजेर ५६ मिनेट जाँदा काठमाडौँ केन्द्र भएर गरी दुईवटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको ११४ वटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि बिहीबार चार रेक्टर स्केलभन्दा माथिका चारवटा भूकम्प गएको थियो ।

अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ । चार दिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गए पनि बुधबार छवटा मात्र गएको थियो । गत मङ्गलबार १३ वटा भूकम्प गएको थियो ।

ठूलो भूकम्प आएको हुनाले सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविद्हरूले बताएका छन् । “चार रेक्टर स्केलको भूकम्पले आउँदा आत्तिनुपर्ने अवस्था छैन, ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया हो” भूकम्पविद् डिल्लीराम तिवारीले भने ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पको कम्पन क्रमशः कम हुँदै गएको र चार रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।

उनका अनुसार भूकम्पको दूरी तुलनात्मकरुपमा कम हुँदै गएको छ । एक हप्तासम्म दिनमा दुई/चारवटा जान सक्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>