समाचारशुक्रबार, बैशाख १८, २०७२

उद्धार गर्न नसक्ने विदेशी टोली फर्क : सरकार

हिमालखबर

सरकारले भूकम्पपीडितको उद्धारका लागि आएका केही विदेशी टोली उद्धारभन्दा अन्य प्रकृतिका काममा लागेको पाइएपछि उनीहरूलाई आआफ्नो मुलुक फर्किन आग्रह गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर) टोली भनेर नेपाल आएका तर मृतकको शव झिक्न तथा जीवितहरूको उद्धार गर्न नसक्ने विदेशी कार्यदलहरूलाई स्वदेश फर्किन आग्रह गरिएको हो।

‘घाइतेको उपचार गरिरहेका विदेशी टोलीका हकमा सरकारको यो आग्रह लागू हुँदैन’, ढकालले भने। नेपालमा भूकम्पपीडितको उद्धारमा दुई दर्जनभन्दा बढी विदेशी टोली खटिएका छन्।

चीन, भारत, फ्रान्सलगायतका टोली पुरिएका शव झिक्न र घाइतेको उद्धारमा खटिएका छन्। तर केही मुलुकका टोली उद्धारभन्दा अन्य प्रकृतिका काममा लागेको पाइएपछि उनीहरूलाई फिर्ता हुन आग्रह गर्ने निर्णय लिइएको गृह मन्त्रालयले जनाएको छ।

अन्नपूर्णपाेष्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>