समाचारशनिबार, बैशाख १९, २०७२

सशस्त्र प्रहरी बलद्वारा ६ करोडभन्दा बढी सहयोग

हिमालखबर

विनाशकारी भूकम्पमा परी पीडित भएका नागरिकको सहयोगका लागि सशस्त्र प्रहरी बलले रु ६ करोड ३४ लाख २५ हजार एक सय सहयोग गरेको छ ।

सबै प्रहरीको तलबबाट सङ्कलन गरिएको उक्त रकम बराबरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले १९ वैशाखमा हस्तान्तरण गरेका छन ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षक, नायब महानिरीक्षक र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले १५ दिनको र प्रहरी उपरीक्षक, नायब उपरीक्षक र प्रहरी निरीक्षकले १० दिनको तलब प्रदान गरेका छन् ।

त्यस्तै प्रहरी वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक र सहायक निरीक्षकले पाँच दिन तथा बलका विल्लादार र जवानले तीन दिनको तलब बराबरको रकम प्रदान गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>