समाचारशनिबार, बैशाख १९, २०७२

‘निशुल्क उपचार नगर्ने अस्पताललाई कार्बाही हुन्छ’

हिमालखबर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थाले भूकम्पबाट घाइते भएका बिरामीको उपचार निःशुल्क नगराएको पाइएमा कारबाही गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सम्बद्ध निकायलाई निर्देशन दिँदै विपत्तिमा परेकालाई सहज र सुलभरुपमा स्वास्थ्य सेवा नदिने स्वास्थ्य संस्थालाई कारबाही गर्न निर्देशन दिएकाे मन्त्रीका प्रेस संयोजक सुदन ज्ञवालीले बताए ।

घाइतेको उपचार गरेको विवरणसहित अस्पतालले दिने बिलका आधारमा सरकारले पछि भुक्तानीको व्यवस्था गरिएको छ ।

केही स्वास्थ्य संस्थाले घाइतेसँग रकम माग्ने प्रयास गरेको गुनासो आएको सन्दर्भमा मन्त्रालयले त्यस्तो दिर्नेशन दिएको हो ।

मन्त्रालयले औषधिलगायत सामग्री सहज र सुलभ रूपमा उपलब्ध गराउन आग्रह पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>