समाचारशनिबार, बैशाख १९, २०७२
महाभूकम्पमा मर्नेकाे संख्या सात हजार नाघ्याे
१२ वैशाखमा गएकाे महाभूकम्पमा मर्नेकाे संख्या सात हजार नाघेकाे गृहमन्त्रालयले जनाएकाे छ ।
हालसम्म प्राप्त जानकारी अनुसार सर्वसाधरण, प्रहरी, निजामति कर्मचारी र विदेशी नागरिकसहित ७०४० जनाकाे मृत्यु भइसकेकाे छ । उद्दार कार्य अझै नसकिएकाले मृतककाे संख्या बढ्न सक्ने अनुमान गरिएकाे छ ।
सरकारले उद्दारका लागि १३२७५४ जना सुरक्षाकर्मी परिचालन गरिरहेकाे छ भने राहत वितरण कार्य पनि भइरहेकाे छ । प्राप्त विवरण अनुसार ५४ जना विदेशी नागरिककाे मृत्यु भएकाे छ ।
महाभूकम्प सम्बन्धी थप जानकारी बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।
