समाचारशनिबार, बैशाख १९, २०७२

नेपाल अाउने विदेशीकाे सरकारले व्यवस्था नगर्ने

हिमालखबर

परराष्ट्र मन्त्रालयले भूकम्पबाट प्रभावित जनताको राहत, उद्धारका लागि आउन चाहने विदेशी सङ्घ, संस्था तथा नागरिकलाई आफ्नो व्यवस्था आफैँ गर्न आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी १२ वैशाखमा गएको भूकम्पमा परी जनधनको क्षति भएकाको उद्धार तथा राहतका लागि आउने विदेशी सङ्घसंस्था र नागरिकले आफ्ना लागि खानेबस्ने तथा यातायातलगायतको व्यवस्था आफैँ गर्न आग्रह गरेको हो ।

यस्तै औषधि, चिकित्सक तथा अन्य उद्धारका सामग्री ल्याउँदा अन्तर्राष्ट्रिय मापदण्डलाई ख्याल गर्न र सहयोगमा मानवीय आवश्यकतालाई ख्याल गर्न समेत आग्रह गरिएको छ ।

यस्तै, राहत तथा उद्धार सामग्री ल्याउँदा सरकारी निकायलाई जानकारी गराउन र सरकारी निकायबाटै वितरणको व्यवस्था मिलाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

यसैबीच, मन्त्रालयले भूकम्प पीडितका लागि राहत तथा उद्धार सामग्री पठाउँदा अपनाउनुपर्ने विधि र नियमका बारेमा सम्बन्धित मुलुकमा रहेका दूतावासमार्फत जानकारी गराइएको उल्लेख गरेको छ ।

यस्तै, संयुक्त राष्ट्रसङ्घ, विभिन्न कूटनीतिक निकाय तथा अन्य साझेदार निकायलाई समेत उद्धार तथा राहतका सामग्रीको प्राथमिकता सूची बारेमा समेत उल्लेख गरिसकिएको जनाएको छ ।

के कस्ता सामग्री पठाउने र त्यसको मापदण्ड के हुने भन्नेबारेमा समेत सूची नै उपलब्ध गराइएको तथा सोही सूचीको आधारमा मात्रै अत्यावश्कीय सामग्री पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>