समाचारशनिबार, बैशाख १९, २०७२
भूकम्पपछि ८ लाख मानिस उपत्यकाबाट बाहिरिए
गत शनिबारको विनाशकारी भूकम्पयता ७ लाख ९२ हजार ६२३ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
भूकम्पपछि प्रतिदिन करिब एक लाख यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसै अवधिमा १ लाख ६१ हजार ६७४ यात्रु, र ३५ हजार १७२ सवारी साधन उपत्यका भित्रिएका छन् ।
