समाचारआइतबार, बैशाख २०, २०७२

अाजै चार म्याग्निच्यूड माथिका पाँच भूकम्प

हिमालखबर

महाभूकम्प गएकाे ९ दिनपछिसम्म नेपालमा भूकम्पका साना धक्काहरुकाे महशुस भइरहेकाे छ ।

२० वैशाखमा मात्रै धादिङ, गाेरखा र नुवाकाेट केन्द्रविन्दू बनाएर पाँच वटा भूकम्प गएकाे छ । विहान ५ः४७ बजे गाेरखा केन्द्रविन्दू बनाएर ४ म्याग्निच्यूड, विहान ७ः५७ बजे धादिङ केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूड, विहान १०ः४६ बजे धादिङ केन्द्रविन्दू बनाएर ४.५ म्याग्निच्यूड, साँझ ६ः१० बजे नुवाकाेट केन्द्रविन्दू बनाएर म्याग्निच्यूड र साँझ ६ः५८ बजे सिन्धुपाल्चाेक केन्द्रविन्दू बनाएर ४ म्याग्निच्यूडकाे भूकम्प भएकाे छ ।

तर, यस्ता साना धक्काहरुले क्षति गर्न नसक्ने भूगर्भविद्हरुले जनाउँदै अाएका छन् । १२ वैशाखमा अाएकाे महाभूकम्पपछि नेपालमा थुप्रै साना भूकम्पहरु गइरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>