समाचारसोमबार, बैशाख २१, २०७२
ममता बनर्जीले हस्तान्तरण गरिन् ३५ ट्रक राहत सामाग्री

शहरी विकास मन्त्री नारायण खड्का र भारत पश्चिम बंगालका मुख्यमन्त्री मन्त्री ममता बनर्जी । तस्वीर: गोपाल गडतौला
भूकम्प पीडितहरुका लागि भारतको पश्चिमबंगाल सरकारले १ लाख थान त्रिपाल सहित खाद्य, औषधीसहितका सामग्री प्रदान गरेको छ ।
२१ बैशाख अपराह्न ४ बजे झापाको काकडभिट्टामा आयोजित कार्यक्रममा पश्चिमबंगालका मुख्य मन्त्री ममता बनर्जीले शहरी बिकास मन्त्रीनारायण खडकालाई ३५ ट्रक सामग्री हस्तान्तरण गरेकी छन् ।
उनले नेपालमाथि आइपरेको विपत्तिमा पश्चिमबंगाल सरकार साथ रहेको सम्झिन मन्त्री खडकालाई आग्रहगर्दै भबिष्यमा थप सहयोगबारे परामर्श गर्ने बताइन् ।
सहायता सामग्री प्राप्त भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मन्त्री खडकाले पश्चिमबंगालबाट बिपद्को घडीमा प्राप्त सहयोगको सराहना गरे ।
सहायता सामग्री भरिएका माल बाहक ट्रक २१ बैशाख अपराह्न केन्द्रिय दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गर्न काठमाडौं पठाइएको छ ।
गोपाल गडतौला, झापा
