समाचारसोमबार, बैशाख २१, २०७२
एडीबीले रु. २० अर्ब सहयोग गर्ने
एशियाली विकास बैंक (एडीबी) ले नेपालका भूकम्प प्रभावित क्षेत्रमा पुन:निर्माणका लागि २० करोड डलर (करिब २० अर्ब रुपैयाँ) सहयोग गर्ने भएको छ ।
बैंकको महासभामा भाग लिन अजरवैजानको बाकु पुगेका अर्थमन्त्री रामशरण महतले २१ वैशाखमा ट्विट गरी बैंकले २० करोड डलर सहयोग गर्ने जानकारी गराएका हुन् ।

महतले जापानका उपप्रधानमन्त्री तारोआसोले नेपालको सहयोगका लागि दाता मुलुक र संस्थाहरुको सम्मेलनका लागि प्रस्ताव गरेको पनि जानकारी दिएका छन् । उनले ट्विट गरेका छन् ।
