आज मात्रै नौ पटक भूकम्पको धक्का
पछिल्लो पटक साँझ ५:२४ मा काठमाडौँ–नुवाकोटको सीमा नजिक ३.८ रिक्टर स्केलको भूकम्प गएको छ । काठमाडौँ नजिक केन्द्रबिन्दु रहेका कारण राजधानीमा भूकम्पको गतिलो धक्का महसुस गरिएको हो ।
तीन रिक्टर स्केलभन्दा कम क्षमताको भूकम्प दर्जनौ पटक गएको जानकारी दिँदै केन्द्रका प्राविधिक उमेशप्रसाद गौतमले पछिल्ला पराकम्पनले खासै क्षति नगर्ने भएकाले नआत्तिन आग्रह गरे ।
केन्द्रका अनुसार आज गएका धेरै भूकम्पको केन्द्रबिन्दु नुवाकोट रहेको छ । आज दिउँसो ३:४० मा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.४ रिक्टर स्केलको भूकम्प गएको थियो ।
यसअघि बिहान ४:५४ देखि साँझ ५:२५ सम्म दोलखा, गोरखा र नुवाकोटमा चार पटक र नुवाकोट र रसुवालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
बिहान ४.५४ मा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.२ रिक्टर स्केलको भूकम्प गएको थियो । रासस
