समाचारमंगलबार, बैशाख २२, २०७२

सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या ३,६५६

हिमालखबर

भूकम्पबाट सिन्धुपाल्चोकमा मृत्यु हुनेको सङ्ख्या ३ हजार ६५६ पुगेको छ ।

भूकम्पबाट ४ हजार ५८ जना घाइते भएका छन् । दुई नगरपालिका र ६८ गाविस रहेको यहाँको साँगाचोकमा सबैभन्दा बढी २६० जनाको मृत्यु भएको छ ।
स्थानीय विकास अधिकारी युवराज कट्टेलका अनुसार घाइते २१९ जनाको जिल्ला अस्पताल चौतारा र १७५ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको कट्टेलले बताए ।

यसैगरी पीडितलाई हेलिकोप्टर तथा सडकबाट राहत सामग्री उपलब्ध गराइए पनि त्रिपालको अभाव भएको उनले बताए ।
दुर्गम गुम्बा, गोलचे, हगामलगायत गाविसमा आज सडकबाट तीन ट्रकमा राहत सामग्री पठाइएको छ । रासस
–––––

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>