समाचारमंगलबार, बैशाख २२, २०७२

नेपाललाई दोब्बर सहायता देऊ: कार्टर

हिमालखबर

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले नेपालको पुनःनिर्माण तथा दीर्घकालीन सहायताको लागि सहायतालाई दोब्बर गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

नेपालको दीर्घकालीन विकास र पुनः निर्माणका कामको सफलता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायबाट त्यस्तो सहयोग अपरिहार्य भएको कार्टरले भनेका छन् ।

नेपालका राजनीतिक दलले पनि राजनीतिक मतभेद अन्त्य गरी सहकार्य गर्नु महत्वपूर्ण भएको कार्टरले एटलान्टाबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“तत्कालका लागि आकष्मिक मानवीय सहायता र दीर्घकालीन रुपमा पहिलेकै अवस्थामा आउन नेपाललाई दिगो अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक भएको छ । अहिलेको विषम परिस्थितिमा नेपालको राजनीतिक नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । शान्ति प्रक्रियालाई सुदृढ तुल्याउँदै यसैवर्ष नयाँ संविधानलाई अन्तिम रुप दिन राजनीतिक नेतृत्वले सहकार्य र सहमति गर्नुपर्छ,” विज्ञप्तिमा पूर्व राष्ट्रपति कार्टरले भनेका छन्।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>