समाचारबुधबार, बैशाख २३, २०७२
माया मारेको छोरो ज्युँदै भेटिँदा..
अनुहारभरि पसिनै पसिना र काखमा नानी च्यापेकी ४० वर्षीया पदमकुमारी अधिकारी हर्षित देखिन्थिन ।
उनी आफ्ना कुरा सुनाउन आतुर थिईन । उनीसँग सुनाउनुपर्ने खास कुरो पनि थियाे ।
एघारदिनअघि गएको भूकम्पमा १४ वर्षीय छोरो महादेव हरायो भनेर माया मारेकी उनले छोरो जिवितै रहेको सूचना पाएकी थिईन । छोरो पल्लो गाउँमा जिवितै रहेछ अहि बिहान मात्र थाहा पाएको, उनले भनिन उसको बुबालाई लिन पठाएको छु ।
कान्तिपुर दैनिकबाट
