समाचारबुधबार, बैशाख २३, २०७२

चौधरी समूहले एक हजार अस्थायी घर बनाइदिने

हिमालखबर

व्यापारिक प्रतिष्ठान चौधरी समूहले भूकम्पबाट अति प्रभावित जिल्लामा एक हजार अस्थायी घर निर्माण गरेर पीडितलाई निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ ।

२३ वैशाखमा ललितपुरमा पत्रकारसम्मेलन गरेर समूहका अध्यक्ष विनोदकुमार चौधरीले आगामी ६ महिना भित्रमा ती घर निर्माण गरेर पीडितलाई हस्तान्तरण गरिने बताए ।

स्वदेशी तथा विदेशी दातृ निकाय, परोपकारी सङ्घसंस्थासँगको सहकार्यमा अरू ९ हजार घर निर्माण गर्ने लक्ष्यका साथ समूहले काम गरिरहेको जानकारी चौधरीले दिए ।

“भूकम्पबाट भत्केका एक सय सामुदायिक प्राथमिक विद्यालय पुनर्निर्माण पनि गर्नेछौँ”– समाजप्रतिको समूहको दायित्व सुनाउँदै उहाँले भन्नुभयो ।

भूकम्पपीडितको सहायतार्थ समूहले रु २५ करोड छुट्याएको बताउँदै उनले हालसम्म झन्डै रु दुई करोडबराबरका राहत सामग्री वितरण भइरहेको जानकारी दिए ।

हइटी र फिलिपिन्समा विपद् व्यवस्थापनको अनुभव बटुलेका अन्तर्राष्ट्रिय मान्यता प्राप्त विशेषज्ञ टोली र समूहकै प्राविधिकले अस्थायी घर र विद्यालयको पुनर्निर्माण गर्नेछन् ।

एउटा घरको निर्माण लागत रु ५० हजारदेखि एक लाखसम्म पर्ने बताइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>