समाचारबुधबार, बैशाख २३, २०७२
प्रम उद्धार कोषमा ६७.५२ करोड
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु ६७ करोड ५२ लाख दाखिला भएको छ ।
भूकम्पपीडितहरूको सहयोगका लागि विभिन्न मुलुक, व्यक्ति, संघ संस्थाबाट १४ देखि २२ वैशाखसम्म ६७ करोड ५२ लाख ९ हजार ३२७ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दाखिला भएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
दाताहरुलाई क्रेडिट कार्डबाट सोझै कोषमा रकम गर्न सजिलो होस भनेर कोषले अनलाइन दाखिला गर्न सकिने व्यवस्था पनि मिलाएको छ ।
२३ वैशाख साँझ सम्ममा यसरी ११७ जना दाताले नेरु २ लाख १३ हजार ४२३ र २३ जना दाताले २ हजार ५८२ डलर अनलाइन दाखिला गरेका छन् ।
