समाचारबिहीबार, बैशाख २४, २०७२
नुवाकोटलाई केन्द्र बनाएर आज बिहान दुई पटक पराकम्पन
विनाशकारी भूकम्प गएको १३ दिनपछि आजसम्म पनि पराकम्पन आउने क्रम जारी छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३:४१ मा नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रिक्टर स्केल र बिहान ७:५६ मा ४.० रिक्टर स्केलको अर्को भूकम्प गएको छ ।
पछिल्लो पराकम्पनका कारण कुनै क्षति भएको छैन ।
भूकम्प गएपछि स-साना पराकम्पन एक महिनाभन्दा बढी समयसम्म गइरहने र त्यसबाट आत्तिन नहुने केन्द्रले जनाएको छ ।
