समाचारबिहीबार, बैशाख २४, २०७२
जीप दुर्घटनामा ६ जनाकाे मृत्यु
ताप्लेजुङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
थेचम्बुबाट सदरमुकाम अाउँदै गरेको ग १ ज ५७२८ नम्बरको जीप दुर्घटना भएकाे हाे । घााइतेहरुलाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेपनि मृतककाे पहिचान हुन सकेकाे छैन ।
ताप्लेजुङ नगरपालिका–८, मा दुर्घटना भएकाे जीप गस्तीमा खटिएकाे सशस्त्र प्रहरीको टोलीले उद्दार गरेकाे थियाे ।
लक्ष्मी गाैतम
