समाचारबिहीबार, बैशाख २४, २०७२

गाेरखालाई सिरहाकाे सहयाेग

हिमालखबर

सिरहाको लहानस्थित समग्र विकास सेवा केन्द्रले विनाशकारी महाभूकम्पबाट पीडित गोरखावासीका लागि रु अढाई लाख मूल्यबराबरको राहत सामग्री पठाएको छ ।

समग्र विकास सेवा केन्द्र क्षेत्रीय कार्यालय लहानको पहलमा सङ्कलन गरिएको चामल, दाल, आलु, प्याज, खाने तेल, त्रिपाल चाउचाउ, बिस्कुटलगायतका राहत सामग्री गोरखाका भूकम्पपीडितलाई पठाएको हो ।

गोरखाको बोर्लाङ, धावा, नामजुङ, फुजेल र दर्बुङ गाविसका भूकम्पपीडितका लागि चामल तीन हजार ३०० किलो, दाल १८० किलो, आलु ७३ किलो, च्युरा ६४० किलो, खाने तेल ७५ किलो, चाउचाउ १६ कार्टुन, त्रिपाल २९ थानलगायतका राहत सामग्री वितरणका लागि पठाएको समग्र विकास सेवा केन्द्रका क्षेत्रीय संयोजक दुर्गाप्रसाद महतोले बताए ।

यस्तै, नेपाल विद्यार्थी सङ्घ सिरहा, लहान उद्योग वाणिज्य सङ्घ, स्थानीय प्रशासन र युवा क्लबहरुको सक्रियतामा सङ्कलन भएको दुई ट्रक राहत सामग्री ओखलढुङ्गा र दोलखाका भूकम्पपीडितलाई पठाएको छ ।

एक सय त्रिपाल, पानी, चाउचाउ, चामल, लत्ताकपडा, पिठोलगायतका राहत सामग्री दुईवटा ट्रकमा राखेर वितरणका लागि पठाएको नेवि सङ्घ सिरहाका अध्यक्ष परमेश्वर साहले बताए ।

लहान सिटी जेसिज र एन प्याब्सनले पनि संयुक्त रुपमा भूकम्पपीडितका लागि राहत सामग्री पठाएको छ ।

जेसिजका अध्यक्ष विकास शारडाका अनुसार काठमाडौँका भूकम्पपीडितका लागि एक हजार ७०० कार्टुन पानी र ४५ थान त्रिपाल पठाएको बताउनुभयो । उहाँले उक्त पठाइएको पानी र त्रिपाल साँखु र लुभू क्षेत्रका भूकम्पपीडितलाई वितरण गरिने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>