समाचारबिहीबार, बैशाख २४, २०७२

स्वीट्जरल्यान्डले नौ करोड बढी सहयोग गर्ने

हिमालखबर

स्वीट्जरल्यान्डले भूकम्पपीडितको सहयोगार्थ रु नौ करोड ७२ लाख उपलब्ध गराउने भएको छ ।

रामेछाप, ओखलढुङ्गा, खोटाङ र दोलखाका २० हजार भूइँचालो पीडितलाई अस्थायी बासको व्यवस्था तथा दोलखाका पाँच हजार पीडितलाई खाद्य सामग्री वितरणमा उक्त सहायता रकम खर्च गरिने यहाँस्थित स्विस राजदूतावासले जनाएको छ ।

विकासका लागि स्विस सहयोग नियोग (एसडिसी) ले भूकम्पपछिका सहायताका कार्यक्रम कार्यान्वयन गर्न रु ४९ करोड ७० लाख प्रदान गर्ने उक्त दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>