समाचारबिहीबार, बैशाख २४, २०७२
श्रद्धाञ्जली–समवेदना प्रस्ताव पारित गर्दै संसद् बैठक सकिने
व्यवस्थापिका संसद्को आज दिउँसो ३ बजे बस्ने बैठक भूकम्पबाट ज्यान गुमाउनेलाई श्रद्धाञ्जली र पीडितलाई समवेदना प्रस्ताव पारित गर्दै सकिने भएको छ ।
२४ वैशाख विहान बसेको नेपाली नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी बैठकले प्रधानमन्त्री र नेताहरुको सम्बोधन भोलि मात्रै गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काका अनुसार महाभूकम्पबाट निधन भएका नेपाली र पूर्व सांसद् चक्र ठकूरलाई श्रद्धाञ्जली व्यक्त गर्दै संसद् बैठक सकिदैछ । प्रधानमन्त्री सुशील कोइराला र दलका नेताहरुले भोलि दिउँसो १ बजे बस्ने संसद् बैठकमा सम्बोधन गर्नेछन्, भने त्यसपछि राष्ट्रिय संकल्पको कार्यक्रम पारित हुनेछ ।
यसअघि, दलहरुबीच आजै दुई वटा बैठक राखेर श्रद्धाञ्जली–समवेदना प्रस्ताव, प्रधानमन्त्रीको सम्बोधन र राष्ट्रिय संकल्पको कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको थियो । तर, सभामुख सुबास नेम्वाङले श्रद्धाञ्जली प्रस्ताव पारित भएकै दिन सम्बोधन नगर्न भनेपछि तालिका परिवर्तन गरिएको हो ।
