समाचारबिहीबार, बैशाख २४, २०७२
युवा संघले अस्थायी टहरा बनाइदिने

सिन्पाल्चाेककाे भाेटेचाैंर ज्याेतिषगाउँमा अस्थायी टहरा बनाइदै एमाले नेता शेरबहादुर तामाङ, युवा संघकी अध्यक्ष निरुदेवी पाललगायत ।
युवा संघ नेपालले महाभूकम्प पीडितलाई अस्थायी टहरा बनाइदिन थालेको छ ।
अस्थायी टहरा बनाउने मान्छे नभएका, गरीब परिवार र असाहयलाई अस्थायी टहरा बनाउने दिन थालेको संघकी अध्यक्ष निरुदेवी पालले बताइन् । अति प्रभावित जिल्ला सिन्धुपाल्चोकबाट टहरा बनाइदिन थालेको उनले बताइन् ।
युवा संघले बर्षायाम काट्नेगरी स्थानीय स्रोतसाधनबाट अस्थायी टहरा बनाइदिने भएको छ । संघकी अध्यक्ष पालले भनिन्, ‘‘सरकारले पाल समेत पुर्याउन नसकेको र पुगेको पालले पनि बर्षा काट्न गाह्रो हुने देखिएकाले एउटा जिल्लामा कम्तिमा २०० घर बनाइदिन्छौं ।’’
उनले सिन्धुपाल्चोकमा मात्रै दुई सय युवा संघका कार्यकर्ता अस्थायी टहरा बनाउन जुटेको बताइन् । पालले भनिन्, ‘‘जिल्ला तहमा रहेका युवा संघका कार्यकर्ताहरुलाई अस्थायी टहरा बनाइदिने अभियानमा जुट्न निर्देशन दिइएको छ ।’’
१२ वैशाखमा गएको महाभूकम्पबाट देशभरमा तीन लाख बढी घर भत्किएका छन् ।
