समाचारबिहीबार, बैशाख २४, २०७२

बाह्रविसेमा जापानी चिकित्सकको सेवा

हिमालखबर

भूकम्पका पीडितका लागि सिन्धुपाल्चोकको बाह्रबिसेमा जापाgL दूतावासले सञ्चालन गरेको स्वास्थ्य शिविरमा बिरामीको शल्यक्रिया गरिँदै । तस्वीर:रासस

भूकम्पका पीडितका लागि सिन्धुपाल्चोकको बाह्रबिसेमा जापानी दूतावासले सञ्चालन गरेको स्वास्थ्य शिविरमा बिरामीको शल्यक्रिया गरिँदै । तस्वीर:रासस

नेपालस्थित जापानी दूतावासले सिन्धुपाल्चोकको बाह्रबिसेमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा जटिल शल्यक्रियासहित करिब ६०० ले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

१८ वैशाखदेखि शिविर सञ्चालन गरी उपचार शुरु गरिएकोमा हातखुट्टा भाँचिएका तथा ढाडमा गम्भीर चोट लागेर घाइते भएका ५ जनाको जटिल शल्यक्रिया गरिएको छ ।

१२ गते गएको भूकम्पका कारण त्यस क्षेत्र अति प्रभावित भई स्थानीय जनजीवन त्रसित भएका बेलामा दूतावासको सक्रियतामा जापानीज सहयोग नियोगलगायत संस्थाले शिविरमा निशुल्क उपचार सुरु गरेको हो ।

बाह्बिसे गाविस तथा त्यस आसपास क्षेत्रका घाइते तथा स्थानीयवासीले सेवा प्राप्त गरेका छन् । त्यहाँ अहिले मेडिकल टेन्ट स्थापना गरी अत्याधुनिक मेसिनको व्यवस्थापन गरिएको छ । ट्रमा सेन्टर, प्याथोलोजी, ओपिडी, एक्स–रेलगायतका सेवा तत्काल उपलब्ध गराइएको छ ।

शिविरमा १६ जना जापानी स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । समूहको नेतृत्व वरिष्ठ चिकित्सक यासुहिरो ओटोमोले गरेका छन् । डा अटोमोले शल्यक्रिया गरेका बिरामीलाई पोस्ट अपरेटिभ वार्डमा राख्नका लागि धुलिखेल अस्पताल पठाइएको जानकारी दिए ।

शिविरले अघिल्लो दिन मात्र स्थानीय युवकको खुट्टाको ठूलो हाड भाँचिएको जटिल शल्यक्रिया सफलतापूर्वक गरेको छ ।

दूतावासका प्रथम सचिव कियोहिको हमादाले भूकम्पबाट घाइते भएका स्थानीयवासीलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराई उनीहरुलाई लाभान्वित गराउने उद्देश्य र सामाजिक उत्तरदायित्व बहन गर्न निःशुल्क शिविर सञ्चालन गरिएको र सेवालाई निरन्तरता दिइने बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>