समाचारआइतबार, कार्तिक १९, २०६९
एमाओवादी अध्यक्ष दाहालले राष्ट्रपतिलाई भेटे
१९ कार्तिक अपरान्ह भएको भेटमा बजेट, सरकार र संविधानको बारेमा छलफल भएको राष्ट्रपतिका कानूनी सल्लाहकार सूर्य ढुंगेलले वताएका छन् ।
दाहालले सरकारले बजेट ल्याउने तयारी गरेकोले बजेट नरोक्न राष्ट्रपतिलाई आग्रह गरेको बुझिएको छ ।
भेटपछि दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै राष्ट्रपतिले दलहरुको सहमतिबिना आफूले कुनै निर्णय नलिने भन्दै बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरेको वताए ।
विघटित संविधान सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले सहमतिका लागि चाँडै अग्रसरता लिन आफूलाई राष्ट्रपतिले आग्रह गरेको पनि दाहालले जानकारी दिए ।

