समाचारशुक्रबार, बैशाख २५, २०७२

आईपीएलका सट्टाबाज वीरगञ्जमा पक्राउ

हिमालखबर

sattebajभारतमा आइपिएल क्रिकेट प्रतियोगिता चलिरहेका बेला विरगञ्जमा बाजी लगाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइपिएलको सट्टाबाजीमा वीरगन्जमा मात्रै दैनिक एक करोड रुपैयाँ सम्मको हारजित हुने गरेको बुझिएको छ ।
सट्टाबाजीको अबैध कारोबार गर्ने धन्दामा संलग्न एक भारतीय सहित पाँच जनालाई प्रहरीले २५ वैशाखमा पक्राउ गरेको छ ।

वीरगन्ज–१३ आदर्शनगर स्थित रमेश अग्रवालको घरमा डेरा लिएर सट्टाबाजीको धन्दा चलाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

भारतको राजस्थान घर भई आदर्शनगरमा बस्दै आएका ५० वर्षीय आत्माराम खेतान, आदर्शनगरकै ४० वर्षीय बुल्ला खेतान, ४० वर्षीय सन्जय अग्रवाल ,३८ वर्षीय मुकेश अग्रवाल र वीरगन्ज– ७ का ४८ वर्षीय विजय टिवडेवाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनिहरुका साथबाट प्रहरीले नगद पाँच लाख रुपैयाँ, टेलिभिजन, १३ थान मोबाइल, क्याल्कुलेटर दुई थान, र सट्टाबाजीमा हिसाब किताबका लागि प्रयोग गरिएको डायरी २१ थान लगायतका सामग्री बरामद गरेको प्रहरी नायब उपरीक्षक वीर बहादुर ओलीले बताए ।

पक्राउ परेकामध्ये आत्माराम र बुल्ला सट्टाबाजी खेलाउने मुख्य कारोबारी रहेको प्रहरीले जनाएको छ ।
छापामारीका क्रममा आत्मराम र बुल्लालाई रङगे हात पक्राउ गरेको र उनिहरुलाई छुटाउनका लागि घुस रकमसहित घटनास्थलमै पुगेका सन्जय, विजय र मुकेशलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पर्सामा सट्टाबाजीको अवैध कारोबारमा संलग्न दलालहरुलाई ‘बुक्की’ भनिन्छ । दलालले सट्टाबाज र हारजितको रकम बाजी लगाउने जुवाडे बीच मध्यस्थकर्ताको काम गर्छन् ।

सट्टेबाजको मुख्य गिरोह भने भारतमा सकृय रहन्छ । दलाली बापत बुक्कीहरुले निश्चित कमीशन पाउँछन् ।
एउटा प्रतियोगितामा वीरगन्जको एक जना बुक्कीलाई कमसेकम सात आठ लाख रुपैंया आम्दानी हुने गरेको बताइन्छ ।
सुरेश बिडारी,वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>