समाचारशुक्रबार, बैशाख २५, २०७२

‘भारतीय सवारीसाधनलाई जथाभावी प्रवेश गर्न दिन हुन्न’

हिमालखबर

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा सांसदहरुले भारतीय सवारीसाधन अनुमतिबिना अन्धाधुन्द रुपमा नेपाल प्रवेश र सञ्चालन भइरहेको भन्दै त्यसलाई व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

समितिको आज बसेको बैठकमा नेपाल भूपरिवेष्टित मुलुक भएको र अन्तर्राष्ट्रिय मान्यताअनुरुप पारवहन सुविधा सरल र सहज रुपमा पाउनुपर्ने विषयलाई सरकारबाट विशेष पहल हुनुपर्नेमा उनीहरुले जोड दिए ।

बैठकमा नेपाल र भारतबीच भएको वाणिज्य तथा आपूर्ति सन्धिको मातहत रहेको मोटर सञ्चालनसम्बन्धी सम्झौताको शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न समितिले निर्देशन दिएको थियो ।

बैठकमा सांसदहरु राजन भट्टराई, चुडामणि जङ्गली, पेम्बा लामा, रामचन्द्र साह तेलीलगायतले नेपालको मूल्य तथा मान्यतालाई ध्यान दिएर सवारीसाधन आवागमन प्रक्रियालाई व्यवस्थित बनाउन आग्रह गरे ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले सांसदहरुले उठाउनु भएको जिज्ञासाको जवाफ दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>