समाचारशुक्रबार, बैशाख २५, २०७२

विद्यालय चलाउन अस्थायी कक्षा बन्न थाले

हिमालखबर

विनाशकारी महाभूकम्पमा परी आंशिक र पूर्ण क्षति पुगेकाे ललितपुरका विद्यालय सञ्चालनमा ल्याउन अस्थायी कक्षा बनाउन थालिएकाे छ ।

ललितपुरमा १४९ वटा विद्यालय भत्किएका छन् । विद्यालय सञ्चालनका लागि अस्थायी कक्षाकोठा निर्माण कार्य थालिएकाे ललितपुरका सहायक जिल्ला शिक्षा अधिकारी खेम पोखरेलले बताए ।

उनका अनुसार ललितपुरमा अहिले निजी र सामुदायिक गरी १५६ विद्यालय रहेकामा १४९ विद्यालयमा क्षति पुगेको र ती विद्यालयका २२७ वटा कोठा पूर्ण रुपमा क्षति ग्रस्त भएको छ ।

ललितपुरमा ४५ हजार निजी र २९ हजार ७०० सामुदायिक विद्यालय गरी ७४ हजार सात विद्यार्थी रहेकामा भूकम्पमा परी २१ जना विद्यार्थीले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>