समाचारशनिबार, बैशाख २६, २०७२
बाबुरामले राष्ट्रिय सरकारकाे प्रस्ताव राखे
एमाअाेवादीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले व्यवस्थापिका संसद्काे बैठकमा राष्ट्रिय सरकारकाे प्रस्ताव राखेका छन् ।
जारी संसद बैठककाे २६ वैशाखमा उनले महाभूकम्पकाे विनासकाे पुनःनिर्माणमा भिजनरी नेताकाे नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । उनले यस्ताे बेला कसैले पनि लाेभलालज देखाउन नहुने बताए ।
भट्टराईले पुनःनिर्माण काेष १० खर्बकाे बनाउनुपर्ने बताए । उनले भने, “मध्य पहाडी लाेकमार्ग अासपासमा बस्ती निर्माण गर्नेगरी पुनःनिर्माणमा लाग्नुपर्छ । याे काम राष्ट्रिय सरकारबाट हुनुपर्छ ।”
