समाचारशनिबार, बैशाख २६, २०७२

नेपालमा गएका ठूला भूकम्प र क्षति

हिमालखबर

विज्ञहरूले काठमाडौंलाई संसारकै सबैभन्दा धेरै भूकम्पीय जोखिम भएको क्षेत्र भन्दै होशियार बनाएको बनायै थिए, तर अन्त्यहीन राजनीतिक गतिरोध र टुंगो नलाग्ने वार्ता श्रृंखलामा व्यस्त सरकारले त्यसको सामनाका लागि केही तयारी गरेन

अहिलेसम्म प्रकोप जोखिम व्यवस्थापन आयोग गठन सम्बन्धी विधेयक संसद्‌मै अलपत्र परेको छ। सरोकारवाला दुई मन्त्रालयबीच अधिकार क्षेत्रको द्वन्द्वका कारण प्रकोप जोखिम व्यवस्थापनको आकस्मिक योजना पनि बन्न सकेन ।

यसैबीच १२ वैशाख २०७२ मा आएको भूकम्पले ८ हजार नागरिकको मृत्यु भइसकेको छ र यो संख्या बढदैछ । अब राहत, उद्धारसँगै प्राकृतिक प्रकोप न्यूनिकरणका लागि पनि योजना बनाउन ढिलो गर्नु हुँदैन ।

नेपालमा आएका ठूला भूकम्पहरु:

सन् १२२५ : राजा अभय मल्लसहित काठमाडौंको एकतिहाइ जनसंख्या सखाप ।

सन् १४०८: हजारौंको मृत्यु, मच्छिन्द्रनाथ लगायत काठमाडौं उपत्यकाका अधिकांश मन्दिर र घर ध्वस्त ।

सन् १६८१: अधिकांश घर ध्वस्त, सयौंको मृत्यु ।

सन् १७६७: भूकम्पको केन्द्र र क्षति थाहा नभए नभएको ।

सन्१८०८ वा १८१०: भूकम्प आएको वर्ष एकिन छैन । भक्तपुमा ठूलो क्षति

सन्१८२३:
काठमाडौंमा एकै दिनमा साना–ठूला १४ झट्का

२६ अगस्त १८३३: केन्द्र फाप्लु नजीक भएको ७.७ म्याग्निच्यूडको भूकम्प । ५०० भन्दा बढीको मृत्यु । कम्पन दिल्ली र कलकत्तासम्म ।

२३ मे १८६६: केन्द्र काठमाडौंको उत्तर, पूरै उपत्यका हल्लिए पनि ठूलो क्षति भएन ।

२८ अगस्त १९१६: केन्द्र पश्चिमी नेपालको अपी हिमाल नजीक । दार्चुला र भारतको कुमाउमा ठूलो क्षति ।

१५ जनवरी १९३४: केन्द्र तुम्लिङटार नजीक, ८.३ म्याग्निच्यूडको भूकम्पले काठमाडौंमा ८ हजारसहित १८ हजारको मृत्यु । राजा त्रिभूवनका दुई छोरीको पनि मृत्यु । कम्पन मुम्बईसम्म ।

२९ जुलाई १९८०: केन्द्र दार्चुला नजीक, ६.८ म्याग्निच्यूडको धक्का, करिब २०० को मृत्यु । काठमाडौंमा कम्पन महसुस ।

२१ अगस्त १९८८: केन्द्र उदयपुर, ६.८ म्याग्निच्यूड, नेपालभर ९०० को मृत्यु । बिहार र दिल्लीसम्म कम्पन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>