समाचारआइतबार, बैशाख २७, २०७२
विवाह सकेर फर्किएको बस दुर्घटना, बेहुलीका बुवासहित दुईको मृत्यु
गुलरिया–नेपालगञ्ज सडकखण्ड अन्तर्गत बर्दियाको मोहम्मदपुर–६ लालपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
नेपालगञ्जको बागेश्वरी मन्दिरमा विवाह सकेर बर्दिया फर्किदै गर्दा माइती पक्ष चढेको भे १ ख १४२८ बस मोहम्मदपुरमा दुर्घटना भएको हो । दुर्घटनामा बेहुलीका बुवा ५० वर्षीय महेश कुमार उपाध्याय र आफन्त ४२ वर्षीय षडानन्द पौडेलको मृत्यु भएको छ भने अन्य १७ जना घाईते भएका छन् ।
घाईते १७ जना मध्ये ८ जनाको नेपालगञ्जमा र बाँकीको जिल्ला अस्पताल गुलरियामा उपचार भईरहेको छ । दुई जनाको अवस्था गम्भीर रहेको बर्दिया प्रहरीले जनाएको छ ।
बस दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बसमा २५ जना सवार थिए ।
भावुक योगी, बर्दिया
