समाचारआइतबार, बैशाख २७, २०७२
निर्माण नेतृत्व लिन मन्त्रीहरुबीच हानथाप
भारतको मद्रासबाट तीन लाख ५० हजार तारपोलिन (प्लाष्टिक पाल) किन्न उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राखेको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकमा समर्थन जुट्न सकेन ।
आफ्नो मन्त्रालय अन्तर्गत नपर्ने भएपनि सहरी विकाश मन्त्री नारायण खड्कालाई गृह अन्तर्गतको दैवी प्रकोप कोषबाट रकम निकासा दिई मद्रासबाटै किन्न उनले बैठकमा प्रस्ताव गरेका थिए ।
बैठकमा तारपोलिनमा करोडौं रकम खर्च गर्नुभन्दा जस्तापाता किनेर जनतालाई स्थायी आवास बनाउनै प्रेरित गर्नुपर्ने कुरा उठेपछि गौतमको प्रस्ताव पारित हुन सकेन । मन्त्रिपरिषद्को बैठकमा पुननिर्माण कसको नेतृत्वमा भन्ने विषयमा मन्त्रीहरुबीच मत बाझिएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकबाट
