समाचारसोमबार, कार्तिक २०, २०६९

खनालले राष्ट्रपतिलाई भने– सहमतिविनाको बजेट नस्वीकार्नुस

हिमालखबर

२० कार्तिक बिहान शितलनिवासमा करिब एकघण्टा भएको भेटवार्तामा दलीय सहमति नगरी बजेट ल्याउने संवैधानिक व्यवस्था नभएकाले पनि बजेट अस्विकार गर्न आग्रह गरेको भेटपछि अध्यक्ष खनालले जानकारी दिए ।

“दलहरुको सहमति विना मैले  कुनै पनि कदम चाल्ने छैन, त्यसैले तिहार अघि नै तपाइहरुले  सहमति गर्नुहोस,” राष्ट्रपतिलाई उद्धृत गर्दै खनालले बताए ।

राष्ट्रपति यादवले बजेट र राजनीतिक मुद्दामा सहमति लागि दवाव दिन दलहरुसँगको छलफल जारी राखेका छन् ।

खनालसँगको भेटपछि राष्ट्रपति यादवले काङ्ग्रेस सभापति सुशील कोइरालासँग पनि भेट गर्ने तयारी छ ।  राष्ट्रपति यादवले हिजो सत्ताको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>