समाचारआइतबार, बैशाख २७, २०७२
घर थर्किएपछि भाग्दा एकको मृत्यु
आज २७ वैशाख अपराह्न ३:२३ बजे काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर गएको ४.२ म्याग्निच्यूडको भूकम्पका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
कार्यविनायक नगरपालिका–१५ इटाटी बस्ने वर्ष ७२ को शङ्खबहादुर नगरकोटीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले जानकारी दिए ।
१२ वैशाखमा गएको विनाशकारी भूकम्पबाट चर्किएको घरभित्र खाटमा सुतिरहेको अवस्थामा पराकम्पन आएको थाहा पाएपछि दौडने क्रममा लडेर मृत्यु भएको प्रवक्ता थापाले बताए ।
यो सहित ललितपुरमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या १७७ पुगेको छ ।
