समाचारसोमबार, बैशाख २८, २०७२

अनैतिक कार्य गरेको भन्दै महिलामाथि दुर्व्यवहार

हिमालखबर

तस्वीर: देविका घर्ती

तस्वीर: देविका घर्ती

अनैतिक कार्य गरेको भन्दै दाङको सतवरियाकी  एक महिलामाथि स्थानीय महिलाहरुको समूहले नै अमानवीय व्यवहार गरेको छ ।

सतवरिया–२ बनघुस्रीकी भागिरथी चौधरीलाई परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै स्थानीय महिलाहरुको समूहले गाउँ–समाजको निर्णयअनुसार भनी कपाल काटी, अनुहारमा मोसो दलेर गाउँ घुमाएको छ ।

गाउँलेहरुले छिमेकी पुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाउँदै कारवाही गरिएको बताएका छन् । ति महिलासँग यौनसम्बन्ध रहेको भनिएका व्यक्तिले केही समयअगाडी आत्महत्या गरेका थिए । गाउँलेहरूले आत्महत्यामा पनि भागिरथीकै हात रहेको आरोप लगाउँदै आएका छन् ।

आत्महत्या गरेका व्यक्तिका परिवारलाई क्षतिपूर्तिस्वरुप २५ हजार रुपैयाँ दिनुपर्ने निर्णय सुनाएका गाउँलेले अहिले त्यो रकम बढाएर ५० हजार पु¥याएको गाउँका अगुवामध्येका शालिकराम चौधरीले बताए ।

चार पक्राउ
यसैबीच प्रहरीले महिलासँग दुव्र्यवहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पीडितले दिएको बयान अनुसार ६ जनाको पहिचान भए पनि ४ जनालाई पक्राउ गरिएको पैहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सितारामी चौधरी, पानमती चौधरी, हिरामती चौधरी, जानकी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिए ।

पीडित महिलालाई प्रहरीको संरक्षणमा राखिएको छ भने आरोपीहरुलाई सार्वजनिक ऐन अन्तर्गतको मुद्दा दर्ता गरी कार्वाही अगाडि बढाउने प्रहरीको भनाई छ ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>