समाचारमंगलबार, बैशाख २९, २०७२

संकल्प प्रस्ताव आज पारित हुने

हिमालखबर

व्यवस्थापिका संसद्को जारी अधिवेशनले महाभूकम्पका उद्धार, राहत संकलन, पुनःस्थापना र निर्माणबारे संकल्प प्रस्ताव पारित गर्दैछ ।

प्रधानमन्त्री सुशील कोइरालाले संसद्मा पेश गरेको संकल्प प्रस्तावमाथि सांसद्हरुले बोल्ने क्रम सकिएपछि संकल्प प्रस्ताव पारित हुन लागेको हो । उक्त प्रस्तावमा नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका प्रमुख सचेतक प्रस्तावक र अन्य दलका सचेतकहरु समर्थक रहेका छन् ।

आइतवारसम्म सांसद्हरुले बोल्ने कार्यक्रम तय भएपनि बक्ताहरु थपिएकाले संकल्प प्रस्ताव पारित गर्ने समय पनि लम्बिएको हो ।

संसद्ले सर्वदलीय अनगमन समिति गठन गर्दै संकल्प प्रस्ताव पारित हुने सभामुख सुवास नेम्वाङले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>