समाचारमंगलबार, बैशाख २९, २०७२

पराकम्प ५.६ म्याग्निच्यूडको

हिमालखबर

२९ वैशाख दिउँसो आएको ७.३ म्याग्निच्यूडको भूकम्पपछि ५.६ म्याग्निच्यूडको पराकम्प गएको छ ।

पराकम्पको केन्द्र नेपालको कोदारीभन्दा २५ किमी दक्षिणपूर्व रहेको अमेरिकी भूकम्प मापन केन्द्र यूएसजीएसले जनाएको छ ।
———————————————————————————————————-

नेपालमा फेरि भूकम्पको ठूलो धक्का, ७‍‍.४ म्याग्निच्यूड

मंगलबार , २९ वैशाख २०७२ १:१० पम

नेपालमा केहीबेर अघि दिउँसो करिब १ बजे फेरि भूकम्पको ठूलो धक्का महशुस भएको छ । यो भूकम्पक तिव्रता ७.३ म्याग्निच्यूड भएको अमेरिकी भूकम्प मापन केन्द्र यूएसजीएसले जनाएको छ । भूकम्पको केन्द्र चीनको झाम भन्दा २२ किमी दक्षिणपूर्व भएको यूएसजीएसले जनाएको छ ।

उक्त स्थान दोलखा र सिन्धुलीको बीचमा रहेको बताइएको छ ।

भूकम्पको तिव्रता र क्षतिबारे विस्तृत विवरण आइनसके पनि काठमाडौंमा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ । १२ वैशाखमा ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पको कम्पन सम्पूर्ण नेपालभर महशुस भएको खबर प्राप्त भएको छ ।

सच्याइएको

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>