समाचारमंगलबार, बैशाख २९, २०७२

सिन्धुपाल्चोकका प्रजिअ भन्छन्ः बाँकी रहेकाहरु पनि भत्किए

हिमालखबर

महाभूकम्पबाट बढी क्षति पुगेको सिन्धुपाल्चोकमा आज गएको ७.४ म्याग्निच्युडको भूकम्पले पुनःक्षति पुगेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीका अनुसार महाभूकम्पबाट बाँकी रहेका घरहरु पनि भत्किएका छन् । उनले भने, ‘‘मानवीय क्षतिको विवरण आउने क्रम जारी छ, तर बाँकी रहेका घरहरु पूर्ण भत्किएका छन् ।’’

उनका अनुसार सदरमुकाम चौतारा बजारमा चर्किएका धेरै घर भत्किएका छन् । त्यहाँ अहिलेसम्म दुई जनाको मृत्यु भएको जानकारी आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>