समाचारमंगलबार, बैशाख २९, २०७२
सामाखुशीमा एक बालक पुरिए, उद्धारको प्रयास जारी

न्यूमेरिक साइबर रहेको यो घरमा च्यापिएका बालकको उद्धारको प्रयासमा सेना र प्रहरी । तस्वीर: देवकी बिष्ट
आज, २९ वैशाख दिउँसो आएको भूकम्पमा काठमाडौंको सामाखुशीस्थित घर भत्किंदा एकजना बालक च्यापिएका छन् ।
अहिले सेना र प्रहरीले उनको उद्धारको प्रयास गरिरहेका छन् ।
उक्त घरमा रहेको ‘न्युमेरिक साइबर’ मा भिडियो गेम खेल्न पुगेका दुई बालकमध्ये एक जनाको स्थानीय गंगा श्रेष्ठले उद्धार गर्न सफल भइन् भने अर्का बालकलाई उद्धार गर्न नसकिएको उनले बताइन् ।
श्रेष्ठले भूकम्पले घर हल्लाउँदै गर्दा त्यहाँ रहेका एक बालकलाई तानेर बाहिर ल्याउन सफल भएकी थिइन् ।
