समाचारमंगलबार, बैशाख २९, २०७२
प्रधानमन्त्री कोइरालाले भने, ‘धैर्यता नगुमाऊ’
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प सामान्य नभएकाले धैर्यता नगुमाउन आग्रह गरेका छन् ।
भूकम्पलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका प्रधानमन्त्री कोइरालाले सवै मिलेर विपद्को सामाना गर्नुपर्ने बताए । उनले भने, ‘‘उद्धारका लागि सवै निकाय परिचालन गरिएको छ ।’’
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बामदेव गौतमले आज गएको भूकम्पबाट २६ जिल्ला प्रभावित बनेको बताए । उनले उद्धारका लागि सेना, प्रहरी खटिएको बताए ।
