समाचारमंगलबार, बैशाख २९, २०७२
खोज तथा उद्धारका लागि प्रहरीको सम्पर्क नम्बर
आज दिउँसो गएको भूकम्पमा परेकाहरुलाई खोज तथा उद्धारका लागि ‘हटलाइन’मा सम्पर्क गरी जानकारी गराउन सकिने नेपाल प्रहरीले जनाएको छ ।
१११३, १००, ०१४४१२७८० र ०१४४११५४९ मा फोन गरेर जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठक लगत्तै भूकम्पबाट प्रभावित २६ जिल्लामा नेपाली सेना, प्रहरीलगायत परिचालन गरिएको छ ।
प्रहरीका अनुसार अहिले विभिन्न जिल्लाबाट घाइतेहरुलाई काठमाडौं ल्याउने क्रम जारी छ ।
