समाचारसोमबार, कार्तिक २०, २०६९

असहमतिमै पनि बजेट ल्याउने सत्ता गठबन्धनको निर्णय

हिमालखबर

बैठकपछि गठबन्धका प्रवक्ता प्रेमवहादुर सिंहले प्रतिपक्षी दलहरुले अवरोध गरेपनि सरकारले समयमै बजेट प्रस्तुत गर्ने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा २० कार्तिक विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले कार्तिक भित्रै बजेट ल्याउने निर्णय गरेको हो । बैठकले बजेटका विषयमा राष्ट्रिय सहमति कायम गर्न सबै दलहरुस“गको छलफललाई जारी राख्ने पनि निर्णय गरेको छ ।

सरकारले गत साउनमा अध्यादेशमार्फत् ल्याएको एक तृतीयांश बजेट यही कात्तिक मसान्तमा सकिदैछ । बैठकमा गठबन्धनका संयोजक एवम् एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि दलहरुबीच भइरहेको वार्ताका बारेमा जानकारी गराएका थिए भने अर्थमन्त्री वर्षमान पुनले बजेटको तयारीका बारेमा गठबन्धनका सदस्यहरुलाई ब्रिफिङ गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>