समाचारबुधबार, बैशाख ३०, २०७२

चीन र भारतबाट थप त्रिपाल आउन थाले

हिमालखबर

नेपालमा मंगलबार गएको दोस्रो ठूलो भूकम्पपछि छिमेकी मुलुक चीन र भारतबाट थप त्रिपाल तथा राहत सामग्री आउन थालेका छन् ।

परराष्ट्रका निमित्त सचिव शंकर बैरागीका अनुसार भूकम्प पीडितका लागि चीनको कुन्मिङबाट १० हजार थान त्रिपाल काठमाडौं आउने क्रममा छन् भने भारत सरकारले पठाएको ७० हजार थान त्रिपाल कोलकात्ता हुँदै मंगलबार रक्सौल आइपुगेको छ ।

मोदीद्वारा उद्धार तीव्र पार्न निर्देशन

नेपालमा मंगलबार दोस्रो ठूलो भूकम्प गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठक डाकेका छन् । उक्त बैठकमा मोदीले भूकम्पले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी लिएको भारतीय प्रधानमन्त्री कार्यालयले ट्वीटरमार्फत जनाएको छ ।

मोदीले भारतीय सरकारी निकायलाई नेपाल र भातरको विहारलगायत विभिन्न स्थानमा भूकम्पपछिको उद्धार तथा राहत वितरण गर्न निर्देशन दिएका छन् ।

अन्नपूर्ण पाेष्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>