समाचारबुधबार, बैशाख ३०, २०७२
मंगलवारकाे शक्तिशाली भूकम्पमा ६७ काे मृत्यु (अपडेट)
२९ वैशाखमा गएकाे अर्काे शक्तिशाली भूकम्पबाट मुलुकभर कम्तिमा ६७ जनाकाे मृत्यु भएकाे छ ।
दाेलखा र सिन्धुपाल्चाेक सीमालाई केन्द्रविन्दु बनाएर गएकाे भूकम्पबाट दुई हजार बढी घाइते भएका छन् । भूकम्पबाट सवैभन्दा बढी दाेलखामा क्षति पुगेकाे छ । त्यहाँ ३६ जनाकाे मृत्यु भइसकेकाे छ ।
दाेलखा –३६, सिन्धुपाल्चाेक –१०, काठमाडाैं –५, रामेछाप –४, भक्तपुर र सिन्धुली– २/२ र गाेरखा, ललितपुर, सर्लाही, धनुषा, राैतहट, भक्तपुर, चितवन र सुनसरीमा १/१ जनाकाे मृत्यु भएकाे छ ।
याे सँगै १२ वैशाखकाे महाभूकम्पयता मृत्यु हुनेकाे संख्या ८१५३ जना पुगेकाे प्रहरीले जनाएकाे छ ।
