समाचारबुधबार, बैशाख ३०, २०७२
बेपत्ता अमेरिकी हेलीकोप्टर अझै भेटिएनः डीएसपी
हिजो दिउँसोदेखि बेपत्ता भएको अमेरिकी हेलीकोप्टर अझै भेटिएको छैन ।
भूकम्पमा परेकाहरुलाई खोजी तथा उद्धारका लागि दोलखा गएको हेलीकोप्टर बेपत्ता भएको छ । बेपत्ता हेलीकोप्टरको अहिलेसम्म पहिचान हुन नसकेको दोलखाका प्रहरी नायब उपरिक्षक अजय केसीले बताए ।
उनका अनुसार बेपत्ता हेलीकोप्टर खोजी गर्न नेपाली सेना र प्रहरी परिचालन गरिएको छ । स्थानीय समुदायले पनि खोज्न सहयोग गरिरहेको डीएसपी केशीले बताए ।
उनले हिमालखबरलाई भने, ‘‘हेलीकोप्टर भेटिएको छैन, खोजी कार्य तीव्र पारिएको छ ।’’
