समाचारबुधबार, बैशाख ३०, २०७२

मंगलवारकाे भूकम्पमा मृत्यु हुनेकाे संख्या ६९ पुग्याे

हिमालखबर

२९ वैशाखमा गएकाे ७.३ म्याग्निच्युडकाे भूकम्पबाट रामेछापमा थप एक जनाकाे मृत्यु भएकाे छ ।

नागदह–४, का ३५ बर्षीया इन्द्रबहादुर मगरकाे मृत्यु भएकाे हाे । याेसँगै रामछापमा मृतककाे संख्या पाँच पुगेकाे त्यहाँका पत्रकार युनिक बीफा घिसिङले बताए ।

अहिलेसम्म देशभरमा भूकम्पबाट मृत्यु हुनेकाे संख्या ६९ पुगेकाे छ । दाेलखा र सिन्धुपाल्चाेक सीमालाई केन्द्रविन्दु बनाएर गएकाे भूकम्पबाट दुई हजार बढी घाइते भएका छन् ।

भूकम्पबाट सवैभन्दा बढी दाेलखामा क्षति पुगेकाे छ । त्यहाँ ३६ जनाकाे मृत्यु भइसकेकाे छ । दाेलखा –३६, सिन्धुपाल्चाेक –१०, काठमाडाैं –५, रामेछाप –५, भक्तपुर, सुनसरी र सिन्धुली– २/२ र गाेरखा, ललितपुर, सर्लाही, धनुषा, राैतहट, भक्तपुर र चितवनमा १/१ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>