समाचारसोमबार, कार्तिक २०, २०६९
रुकुम सदरमुकाम तनावग्रस्त
विभिन्न समूहहरु आफ्नो पक्षमा रासन ठेक्का पार्न अर्को पक्षलाई निवेदन दर्ता गराउनबाटै रोक लगाउन लागि परेका छन् ।
१९ कार्तिकमा खलंगा बजारबाट सल्लेस्थित नेपाली सेनाको ब्यारेकमा आवेदन भर्न हिडेका ठेकेदारहरुलाई मठगाउँबाट एकीकृत नेकपा माओबादीका स्थानीय कार्यकर्ताले जबरजस्ती र्फकाएका थिए ।
झन्डै ५० बढी वाईसिएल कार्यकर्ताहरु अन्य पक्षलाई टेन्डर भर्नै नदिन सक्रिय छन् ।
झडप हुन नदिन दुई जना प्रहरी निरीक्षक को नेतृत्वमा ६० जना प्रहरी परिचालन गरिएको छ । करिब ६ करोड रुपैयाँ बराबरको रासन ठेक्का आफूले पार्न ठेकेदारहरुबीच प्रतिस्पर्धा छ ।
एकअर्काको धम्कीले अन्तिम मितिसम्म पनि कुनै कुनैपनि बोलपत्र दर्ता हुन नसकेको सेनाले जनाएको छ । लक्ष्मण केसी, रुकुम
