समाचारबुधबार, बैशाख ३०, २०७२
त्रिपाल लुकाउने पक्राउ
राहतका लागि भारतबाट ल्याएका त्रिपाल लुकाउने सिन्धुपाल्चोक थकनी–८ का आङकाजी तामाङलाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको छ ।
नेपाल सरकारले भारतस्थित नेपाली दूताबासबाट खरीद गरी एक ट्रकमा ४ सय ७३ प्याकेटमा राखी ल्याएका ५ हजार थान राहत उनले बदनियतपुर्वक काठमाडाैंकाे जाेरपाटीमा राखेकाे उजुरीपछि तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
नेपाल–भारत सम्पर्क मञ्चले सिन्धुपाल्चोकको लागि पठाएको राहतको सामाग्रीसँगै उनले जिल्ला प्रशासन कार्यालय रुपन्देही वा केन्द्रीय राहत कोषमा दाखिला गर्नुपर्ने थियाे ।
प्रहरीले उक्त प्याकेटमध्ये ३ सय ७१ प्याकेटसहित गरी तामाङलाई पक्राउ गरेको हो । अन्य १ सय २ प्याकेट त्रिपालहरुको खोजी भइरहेको छ ।
