समाचारबुधबार, बैशाख ३०, २०७२

‘अमेरिकी हेलिकोप्टर सिंगटीमा सुरक्षित’

हिमालखबर

२९ वैशाख दिउँसोदेखि सम्पर्कविहिन भएको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको सिंगटीमा सुरक्षित रहेको खबर आएको नेपाल विद्युत प्राधिकरणका उपनिर्देशक शेरसिंह भाटले बताएका छन् ।

“दोलखाको सिंगटीमा निर्माणाधिन प्राधिकरणको सवस्टेशन परिसरमा अमेरिकी सेनाको हेलिकप्टर अवतरण गरेको र सुरक्षित रहेको भन्ने सिंगटीका कर्मचारीले जानकारी दिएका छन्, हेलिकप्टरमा सवार सबै सकुशल रहेको भन्ने खबर आएको छ,” भाटले हिमालखबरसँग भने ।

सिंगटी सबस्टेशनका कर्मचारी लामोसाँघुस्थित विद्युत प्राधिकरणको कार्यालयमा आएर हेलिकप्टरबारे जानकारी दिएको र त्यहाँका इन्चार्ज विजय कार्कीले आफूलाई खबर गरेको भाटले बताए ।

“त्यहाँ पहिरो आइरहेकोले उड्न समस्या रहेको भन्ने खबर आएको छ, विस्तृतमा हामीलाई थाहा हुने कुरा भएन, मन्त्रालयमा खबर गरेका छौं,” उनले भने ।

सिंगटी सबस्टेशन अपर तामाकोशीको पावर हाउसदेखि १५ किमीको दुरीमा छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने हेलिकोप्टरको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको भए पनि अहिलेसम्म भेटिएको भन्ने खबर आफूलाई प्राप्त नभएको बताएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले हेलिकोप्टर सिंगटीमा रहेको भन्ने खालको खबर प्राप्त भए पनि अहिलेसम्म प्रहरीले त्यसलाई पुष्टि गर्न नसकेको बताए । “हामीले जिल्लामा सोधेका छौं, खोजीमा खटिएको टोलीले पनि त्यस्तो कुनै सूचना दिएको छैन,” उनले भने ।

भूकम्पपछिको उद्धारमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर २९ वैशाख दिउँसोदेखि सम्पर्क विहिन भएपछि खोजतलास गर्न नेपाली सेनाको सहित अमेरिकी सेनाको हेलिकप्टर मंगलबार साँझसम्म र वुधबार दिनभर खटीएको थियो भने नेपाली सेना र प्रहरीको टोलीले सम्भावित स्थानमा स्थलमार्गबाट खोजिरहँदा पनि भेटिन सकेको थिएन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>